भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने « Khabarhub

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने


२० जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।

सूर्यविनायक नगरपालिका–४ दधिकोट हर्षचोकमा भक्तपुर जिल्ला खेलकुद विकास समिति र सूर्यविनायक नगरपालिकाको समन्वयमा सो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक पेशल आचार्यले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टोलीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । त्यसैगरी, दोस्रो हुने टोलीलाई रु २५ हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा देशभरका २० टोली सहभागी हुने बताइएको छ ।

समाजका अध्यक्ष अर्जुन केसीले खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिवर्तनका लागि सहयोग पुग्ने अपेक्षाका साथ भलिबल प्रतियोगिता गर्न लागिएको बताए । 

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ५ : ०३ बजे

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा