नयाँ दिल्लीबाट प्रधानमन्त्री दाहाल स्वदेश प्रस्थान | Khabarhub Khabarhub

नयाँ दिल्लीबाट प्रधानमन्त्री दाहाल स्वदेश प्रस्थान


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गरेका छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई बिदाइ गरेकी हुन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए ।

भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री दाहाल भारतको मध्य प्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञान प्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री दाहाल आजै इन्दौरबाट नयाँ दिल्ली फर्केका हुन् । भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् ।

प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ५ : ३५ बजे

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर

चाडपर्व छाडेर काम खोज्न भारत जानेको लर्को

कञ्चनपुर– हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

भोजपुर– १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालमै