सभापतिलाई गाली गरेर पार्टी बन्दैन : देउवा « Khabarhub

सभापतिलाई गाली गरेर पार्टी बन्दैन : देउवा


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताएका छन् ।

शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने भन्दै पार्टी बनाउनका लागि जनतामाझ जानुपर्ने बताएका हुन् ।

उनले आफुनो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलीको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने जिकिर गरे । सभापति देउवाले आगामी दिनमा आफु पार्टीको सभापति नबन्ने स्पष्ट पारे । उनले कुन कुरा कता बोल्नुपर्छ भन्ने कुरा पार्टीका नेताहरुले बुझ्नुपर्ने जिकिर गरे ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले समयमा नै पार्टीलाई समयमा नै विधिसम्वत रुपमा अघि बढाउन सके आगामी दिनमा कुनै दल र शक्तिको चूनौति सामना गर्न नपर्ने बताए ।

उनले पार्टीको बिभागहरुको बिषयलाई टुङ्गाएर शसक्त रुपमा अघि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ९ : ०५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ