युक्रेन युद्ध : डिनिप्रोमा रुसी आक्रमणमा २० घाइते « Khabarhub

युक्रेन युद्ध : डिनिप्रोमा रुसी आक्रमणमा २० घाइते


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको मध्य शहर डिनिप्रोमा भएको रुसी हमलामा परेर २० जना घाइते भएका छन्।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साझा गरेको भिडियोमा उद्धारकर्ताहरूले दुई तले भवनको अवशेष खोजिरहेको देखाइएको छ। सो हमलामा अरु पनि फसेको आशंकामा भग्नावशेषमा खोजी जारी राखिएको छ।

एक युक्रेनी सुरक्षा अधिकारीका अनुसार राजधानी कीभमा सो आक्रामण पछि विस्फोटको आवाज सुनिएको छ र हवाई प्रतिरक्षा प्रणाली फेरि तैनाथ गरिएको छ। युक्रेनका सबैजसो भागमा हवाई आक्रमणको अलर्टमा राखिएको छ। रुसले पछिल्लो घटनाबारे भने कुनै प्रतिक्रिया दिएको छैन।

जेलेन्स्कीले डिनिप्रोमा भएको विस्फोटलाई जानाजानी रूसी आक्रमणको रूपमा वर्णन गरेका छन्। यद्यपि रूसले छिमेकी देशमा आक्रमण गर्दा नागरिकहरूलाई लक्षित गर्ने गरेको सुरु देखी नै अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ७ : ३० बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार