नागरिकता विधेयकविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा « Khabarhub

नागरिकता विधेयकविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।

विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

रिटमा अघिल्लो संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको उल्लेख गर्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।

रिटमा नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश समेत माग गरिएको छ ।

नयाँ संसद् स्थापित भइसकेको अवस्थामा अघिल्लो संसद्ले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको उक्त कदमको विरोध भइरहेको छ ।

राष्ट्रपति पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको विधेयक राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ११ : ४२ बजे

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।