एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने टोलीको बिदाई  « Khabarhub

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने टोलीको बिदाई 


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले  एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली टोलीलाई बिदाई गरेको छ । 

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतले नेपाली महिला टोलीलाई बिदाई गरेका हुन् । म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपेई रहेका छन् । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुने तय भएको छ । 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १ : ३८ बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई