कृषि उत्पादकत्व बढाउन जम्मु कश्मीरका लाखौँ किसानलाई तालिम | Khabarhub Khabarhub

कृषि उत्पादकत्व बढाउन जम्मु कश्मीरका लाखौँ किसानलाई तालिम


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- केन्द्र शासित प्रदेश जम्मु काश्मीरमा कृषि उत्पादकत्व बढाउँदै त्यहाँका सीमान्तकृत वर्गको उत्थानमा योगदान गर्न सरकारले थालेको पाँच महिने किसान सम्पर्क अभियानअन्तर्गत हालसम्म एक लाख अठहत्तर हजार किसान सहभागी भएका छन् ।

गत अप्रिलको अन्तिम सातादेखि आगामी अगस्टभर सञ्चालन हुने अभियानको मुख्य लक्ष्य सबै किसानका घरमा पुगेर उनीहरूका खेती किसानीसम्बन्धी समस्या हल गर्नु हो । समग्र कृषि विकास कार्यक्रमअन्तर्गत सञ्चालित अभियानमा सहभागी किसानले आफ्नो आवश्यकता सम्बन्धमा विवरण दिएपछि कृषि विभागका सम्बद्ध अधिकारीले समस्यामा परेका किसानलाई सल्लाह र सुझाव दिनेछन् ।

बीउ बिजन, फलफूल खेती, सागसब्जी उत्पादन, मलखाद व्यवस्थापनदेखि पानी पटाउने  विषयसम्म अनि  पशुपालन होस् वा माछा पालन कृषिकर्मसँग सम्बन्धित सबै क्षेत्रका व्यावहारिक ज्ञान दिन सरकारी स्तरमा छ सय ५१ जनालाई सघन प्रशिक्षण दिएर किसान सम्पर्क अभियान थालिएको हो । किसानले गर्ने सबै कामको विवरण अभिलेखीकरण गरेपछि प्रशिक्षकहरूले किसानका आवश्यकताअनुसार समूह–समूहमा ज्ञान र सीप सिकाउने गरेका छन् ।

कृषि विभागका अधिकारीहरूका अनुसार जम्मुकाश्मिरका सबै एक हजार छ सय २६ वटा पञ्चायतका किसान अभियानमा सहभागी भएका छन् । हरेक साताका पहिला तीन दिन केही घण्टा कृषि प्राविधिक एवम् प्रशिक्षकले किसानका समस्या र जिज्ञासा साम्य पार्ने गरेका छन् ।

जिल्लाअनुसार विभागले समयसारिणी निकालेर प्रशिक्षण जारी राखेको छ । सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै प्रशिक्षकहरूले छोटा चलचित्र र भिडियोका माध्यमबाट किसानलाई सिकाउने गरेका छन् ।

काश्मिरी, डोग्री, अङ्ग्रेजी, हिन्दी र उर्दुमा छापिएका पुस्तिकामार्फत पनि किसानलाई उनीहरूका खेतीका समस्या समाधानमा सघाउने प्रयास भएको अभियानका प्रवक्ताले बताएका छन् । एक सय २१ वटा सीप विकास तालिममार्फत किसानले उत्साहपूर्वक अभियानमा भाग लिएका उनले बताए ।

आफ्नो स्थानको जलवायु, भूवनोट एवम् भूमिको उर्वरतालगायत विषयलाई ध्यानमा राखेर उत्पादकत्व बढाउन प्रेरित गर्ने अभियानको परिणामको समीक्षा गरिने ती प्रवक्ताले बताएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  २ : ५३ बजे

बुद्धको सन्देश विसङ्गति र विकृतिको अन्त्य गर्ने मूलमन्त्र : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको

फिलिपिन्समा आज आमनिर्वाचन

काठमाडौं– फिलिपिन्समा अहिले मध्यावधि अन्तर्गत आमनिर्वाचन भइरहेको छ । ३१७

कांग्रेस सभापति देउवाबाट बुद्ध जयन्ती र उँभौली पर्वको शुभकामना 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम

इंग्लिस प्रिमियर लिग : न्यु क्यासलसँग चेल्सीको हार

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यासल युनाइटेडसँग चेल्सी स्तब्ध

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं– आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै