रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता | Khabarhub Khabarhub

रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रणको माग गर्दै संकल्प प्रस्ताव दर्ता


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गु रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए ।

गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोग फैलिएको, २८ हजार एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको र ३८ जनाको मृत्यु भएको उल्लेख श्रेष्ठले यो वर्ष बेलैमा सावधानी अपनाउन माग गरेका छन् ।

‘यो सरुवा रोगको नियन्त्रण, रोकथाम, उपचारलगायत पूर्वसावधानीको समयमै तयारी एवं पहल गर्न सरकारलाई जिम्मेवार एवं उत्तरदायी बनाउनका लागि संसद्बाट निर्देशन जारी हुन आवश्यक देखिएको छ’, संकल्प प्रस्तावमा भनिएको छ ।

संकल्प प्रस्तावमा डेङ्गु रोगका विषयमा व्यापक जनचेतना जोगाउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, रोग सार्ने लामखुट्टे नियन्त्रणका लागि जनस्वास्थ्य निरीक्षकलाई देशभर परिचालन गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ ।

त्यस्तै वर्षायाम सुरु हुनुअगावै महामारी रोकथाम एवं प्रतिकार्यका लागि आवश्यक तयारी गर्न, उपचारका लागि अस्पतालको क्षमता वृद्धि गर्न र निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र अन्य सङ्घसंस्थाको साधनस्रोत र क्षमताको अत्यधिक परिचालन गर्न पनि निर्देशन माग गरिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ४ : ३७ बजे

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारले तीनवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति

चितवन राष्ट्रिय निकुञ्जमा अहिले गैँडा हेर्ने उपयुक्त्त समय

चितवन– गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न

पोखरा स्पोर्ट्स अवार्ड : राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

पोखरा– नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ

भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह

काठमाडौं- भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित

बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन

काठमाडौं– काठमाडौं- महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर