यू–२० महिला एसियन कप छनौट, नेपालले आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

यू–२० महिला एसियन कप छनौट, नेपालले आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दै


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज म्यान्मारसँग भिड्दैछ।

एसियन कप छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो। सो खेल साँझ ५:४५ बजे सुरु हुनेछ।

‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामीमा कुनै पनि टिमलाई हराउन सक्ने क्षमता छ, हामी हरेक म्याच जित्नकै लागी खेल्छौँ,’ प्रशिक्षक यमप्रसाद गुरुङले भने, ‘फिफा वरीयतामा हामी भन्दा माथि भएका टिमहरू छन् तर उच्च मनोबलका साथ मैदान उत्रनेछौँ।’

प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको नेपालले आज म्यान्मारसँग दोस्रो चरणको पहिलो खेल खेल्न लागेको हो।

छनोटको समूह ‘बी’मा नेपालमा नेपाल र म्यानम्मारसँगै चीन र चाइनिज ताइपेई छन्। जससँग नेपालले आगामी जुन ८ मा चीनसँग तथा जुन १० मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। जसबाट उत्कृष्ट टोलीले उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने यू–२० महिला एसियन कप खेल्नेछ।

नेपाली टोली
गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान
रक्षक : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य
फरवार्ड : अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ६ : ४५ बजे

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार