यू–२० महिला एसियन कप छनौट, नेपालले आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

यू–२० महिला एसियन कप छनौट, नेपालले आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दै


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज म्यान्मारसँग भिड्दैछ।

एसियन कप छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो। सो खेल साँझ ५:४५ बजे सुरु हुनेछ।

‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामीमा कुनै पनि टिमलाई हराउन सक्ने क्षमता छ, हामी हरेक म्याच जित्नकै लागी खेल्छौँ,’ प्रशिक्षक यमप्रसाद गुरुङले भने, ‘फिफा वरीयतामा हामी भन्दा माथि भएका टिमहरू छन् तर उच्च मनोबलका साथ मैदान उत्रनेछौँ।’

प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको नेपालले आज म्यान्मारसँग दोस्रो चरणको पहिलो खेल खेल्न लागेको हो।

छनोटको समूह ‘बी’मा नेपालमा नेपाल र म्यानम्मारसँगै चीन र चाइनिज ताइपेई छन्। जससँग नेपालले आगामी जुन ८ मा चीनसँग तथा जुन १० मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। जसबाट उत्कृष्ट टोलीले उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने यू–२० महिला एसियन कप खेल्नेछ।

नेपाली टोली
गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान
रक्षक : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ
मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य
फरवार्ड : अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ६ : ४५ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै