बाढी पहिरोले अवरुद्ध सडक खुले, यी सडक अझै खुल्नै बाँकी « Khabarhub

बाढी पहिरोले अवरुद्ध सडक खुले, यी सडक अझै खुल्नै बाँकी


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षापछि देशका विभन्न स्थानमा आएको बाढी पहिरोले ठूलो जनधनको क्षति हुन पुग्यो ।

यससँगै सडक र राजमार्ग पनि अवरुद्ध बन्न पुग्यो । अहिले भने वर्षा कम भएसँगै बाढी पहिरोमा कमी आएको छ र अवरुद्ध सडक पनि खुल्दै गएको छ ।

सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुंगा, रौतहट, महोत्तरी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोटलगायतका जिल्लामा अबरुद्ध भएका अधिकांश सडक सञ्चालनमा आएका हुन् ।

पूर्व–पश्चिम राजमार्गको महोत्तरीमा पर्ने भप्सी खोलाको पुल भत्किएर अवरुद्ध भएको सडक नयाँ डाइभर्सनमार्फत् सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

यस्तै, मुस्ताङको थासाङ घोप्टेभीरमा कालीगण्डकी नदीले सडक बगाउँदा अवरुद्ध बेनी–जोमसोम सडकमा पनि एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ ।

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ । तर, काठमाडौंबाट सिस्नेरी र फाखेल हुँदै हेटौँडा जाने सडक भने अझै सञ्चालनमा आएको छैन ।

अवरुद्ध बीपी राजमार्ग भने सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा भने अझै गाडी चल्न सकेका छैनन् ।

वर्षा गराउने प्रणाली कमजोर बन्दै गएसँगै अव ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम विद्हरुले जनाएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर सरेकाले देशभर मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ४८ बजे

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ