इन्जिनियरिङ विद्यार्थीहरू प्रिमाभेरामा दीक्षित « Khabarhub

इन्जिनियरिङ विद्यार्थीहरू प्रिमाभेरामा दीक्षित


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कलेजबाट नियमित पढाई सक्ने बित्तिकै बजारमा सेवा दिन विद्यार्थीहरूलाई तयार गर्ने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले यस वर्ष पनि प्रिमाभेरा सफ्टवेयरको नवीनतम भर्सनको तालिम विषय विज्ञ इन्जिनियर सरोज घिमिरेको नेतृत्वमा सम्पन्न गरेको छ । 

कम्तीमा ७० प्रतिशत नियमित हाजिर भएका प्रशिक्षार्थीहरू मात्र दीक्षित हुने यस तालिम कार्यक्रममा यसवर्ष २१ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा कलेजको स्नातकोत्तर अध्ययन कार्यक्रमका निर्देशक तथा पेशागत इन्जिनियर प्रा.डा.तुसिताचाँदनी शाहीले आफूले प्राप्त गरेको सीपको सदुपयोग गरी पूर्वाधार विकासको निर्माण व्यवस्थापनमा भइरहेको कमजोरी न्यूनिकरण गर्न दीक्षित विद्यार्थीलाई सुझाए । विज्ञ इन्जिनियर सरोज घिमिरेले प्रिमाभेरा सफ्टवेयर निर्माण क्षेत्रमा मात्र नभई अरू खालका आयोजनामा पनि प्रयोग हुने जनाए ।

यही कलेजबाट निर्माण व्यवस्थापनमा दीक्षित भइ देशभित्र र बाहिर विशिष्ट सेवा दिइरहेका इन्जिनियरहरूको संख्या अहिलेसम्ममा लगभग पाँच सय नाघिसकेको जानकारी कलेजका प्राचार्य तथा पेशागत इन्जिनियर प्रा.डा. श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा दीक्षित विद्यार्थीहरूले तालिमबाट आफूले आर्जन गरेको सीपको अधिकतम सदुपयोग गर्ने वातावरण तयार भएमा नेपालमा भइरहेको पूर्वाधार निर्माण आयोजनाहरूको अवधि उल्लेखनीय रूपमा कम गर्न सकिने विश्वास दिलाए । त्यसो गर्न सकिए देशको निर्माण क्षेत्रले ठूलो सकारात्मक गति लिने अभिव्यक्ति दिएका उनीहरूले दिएका थिए ।

मुनाफारहित सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत दर्ता गरी चाँगुनारायण नगरपालिकाको सार्वजनिक जमिनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज उच्च प्राविधिक शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट रहेको छ । 

यही हप्ता मात्रै पनि नेपाल इन्जिनियरिङ परिषद्ले कलेजले लामो समयदेखि पाइरहेको स्थायी स्वीकृतिलाई निरन्तरता दिएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : २९ बजे

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद