ए डिभिजन लिग फुटबल : एफसी खुमलटार विजयी | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबल : एफसी खुमलटार विजयी


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा खुमलटारले एपिएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे भने स्टेफेन बिनोङले एक गोल थपे ।

यता एपिएफका लागि सनिश श्रेष्ठले एक सानत्वना गोल फर्काए । खेलको १३ औँ मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाए ।
त्यसैगरी खेलको ५५ औँ मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एपिएफका सनिशले एक गोल फर्काए पनि खुमलटार ३–१ ले विजयी भयो ।

जितसँगै खुमलटारले २५ खेलमा २७ अङ्क जोडेर अङ्क तालिकाको १३ औँ स्थानमा उक्लिएको छ । समान २५ खेल नै खेलको एपिएफ ३० अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।

त्यसैगरी सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्समा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले एक एक गोलको बराबरी खेल्दै एक एक अङ्क बाडेका छन् ।

खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । खेलको दोस्रो मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै पहिलो अग्रता लिए । आर्मीको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३९ औँ मिनेटमा पुलिसका अहमत हिजाजीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल एक एक गोलको बराबरीमा सम्पन्न भयो । यस बराबरी खेलसँगै आर्मीले २५ खेलमा ३१ अङ्क जोडेर अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ भने समान खेल खेलको पुलिस ३८ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ८ : १९ बजे

आज २०८२ साल वैशाख १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख १६ गते मंगलबार। वैशाख

आईपीएल : वैभवको शतकमा राजस्थानले गुजरातलाई सजिलै हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४७औं खेलमा राजस्थान रोयल्सले

स्पेन र पोर्चुगलका धेरै भागमा विद्युत् बन्द, रेल र हवाई सेवा स्थगित

मड्रिड – स्पेनको विद्युत कम्पनी रेड इलेक्ट्रिसियाले देशभर विद्युत् आपूर्ति

आईपीएलमा १४ वर्षीय किशोरको सनसनी, सूर्यवंशीले गुजरातविरूद्ध ३५ बलमै बनाए शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४७औं खेलमा गुजरात

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ताले भने : शिक्षकहरुसँगको वार्ता सकारात्मक

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँगको