गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण « Khabarhub

गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा गर्भवतीका लागि पोषण सुधारको लागि अण्डा र क्याल्सियम चक्की वितरण गर्न रु पाँच लाख बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले जानकारी दिए । 

उपाध्यक्ष सिलवालले भने, ‘हामीले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले निःशुल्क क्याल्सियम र अण्डा वितरण कार्यक्रम ल्याएका हौँ ।’ उनले कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए । 

गाउँपालिका स्वास्थ्य शाखाका सहायक प्रमुख (जनस्वास्थ्य निरीक्षक) हरि देवकोटाका अनुसार अनुसार एकजना गर्भवतीलाई एक क्रेट अण्डा  र  आवश्यकता अनुसार क्याल्सियम चक्की दिइएको छ । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ४ : १६ बजे

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ– ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय