मान्ममा बनाइएका अनधिकृत संरचना हटाइँदै | Khabarhub Khabarhub

मान्ममा बनाइएका अनधिकृत संरचना हटाइँदै


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोट सदरमुकाम मान्ममा अनधिकृत रुपमा बनाइएका संरचना हटाइने भएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो । खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढंगले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक रुपमा जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित जमिन खाली गराउने निर्णय गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले बताए । ‘बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन निर्देशन दिइएको छ’, उनले भने, ‘अनधिकृत संरचना हटाउन असार ६ गतेसम्मलाई समय दिएको छ, उक्त समयमा नहटाइए नगरपालिका आफैँले हटाउने निर्णय भएको छ ।’ 

सार्वजनिक जग्गा कहाँ कति मिचिएको छ त्यसको जानकारी दिइने नगर प्रमुख कमलबहादुर शाहीले बताए। ‘पहिलो चरणमा वडाले अतिक्रमित जग्गा हटाउन सूचना गरिसकेको त्यसपछि सार्वजनिक धारा, शौचालय र अन्य क्षेत्रको अतिक्रमित जग्गा खाली गराइने छ’, उनले भने, ‘नगरलाई सफा र सुन्दर बनाउन संरचना हटाउन लागिएको छ ।’

सार्वजनिक जग्गा मिच्न नदिनु स्थानीय सरकारको दायित्व भएको र स्थानीय सरकारको अभियानलाई प्रशासनले पूर्णरुपमा साथ दिने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । ‘नगरपालिकाले निर्णय गरोस्, त्यसलाई कार्यान्वयनमा ल्याउन प्रशासनले साथ दिन तयार छौंँ’, उनले भने, ‘अवैध संरचना बनाउनु गैरकानुनी काम हो ।’

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ४ : ४२ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा