टेकुको नर्स क्वार्टरमा एक पुरुष मृत फेला « Khabarhub

टेकुको नर्स क्वार्टरमा एक पुरुष मृत फेला


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक पुरुषको शव फेला परेको छ । एक नर्सका श्रीमान् मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।

श्रीमतीलाई उनले नै अस्पताल पुर्‍याइदिने र पहिले त्यहीँको क्वार्टरमा पनि बसेको प्रहरीले जनाएको छ । उनी पछिल्लो समय भने बाहिर डेरा गरि बस्दै आएका थिए ।

घटनास्थलमा सुसाइड नोट वा अरु केही लिखित वस्तु फेला नपरेको प्रहरी वृत्त, कालीमाटीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ६ : २४ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय