सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको सहज जित « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको सहज जित


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । पुजन उपरकोटीको क्रसमा विमल घर्ती मगरले हेडरमार्फत उत्कृष्ट गोल गरे । खेलको ६८ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता २-० को बनाए । खेलको ७७ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए ।  खेलको ९० औं मिनेटमा हिमालयनका पिस्टोनले फ्रिकिकमार्फत गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो ।

जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ । त्यस्तै बुधबार नै भएको खर्को खेलमा  न्युरोड टिम एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । 

एनआरटीको जितमा दिपेश आले मगरले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । मनाङको २५ खेलमा ३२ अंक रहेको छ । 

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ७ : ०२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु