अझै ५ दिन गर्मी बढ्ने अनुमान | Khabarhub Khabarhub

अझै ५ दिन गर्मी बढ्ने अनुमान


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ ।

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ७ : ५६ बजे

आहारारा पोखरा गोल्डकपमा पुलिसको विजयी सुरुवात

पोखरा- मंगलबारदेखि सुरु भएको २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम

कांग्रेसमा डिजिटल टिम बनाउन छलफल 

काठमाडौं– नेपाली कांग्रेसले सामाजिक सञ्जाल फेसबुकका नेपाली प्रयोगकर्ता एक करोड

एकीकृत समाजवादी अब नयाँ शक्ति बन्छ : भुसाल

काठमाडौं– नेकपा एमालेबाट ०७९ पुस २९ गते विद्रोह गरेका वौद्धिक

२०५ अवैध आप्रवासी बोकेको अमेरिकी जहाज भारततिर, अमृतसरमा अवतरण गर्ने

नयाँ दिल्ली- अमेरिकाले पक्राउ परेका २०५ जना अवैध आप्रवासीलाई भारत

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता 

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका अधिराजकुमार एडवार्डबीच मङ्गलबार