अझै ५ दिन गर्मी बढ्ने अनुमान « Khabarhub

अझै ५ दिन गर्मी बढ्ने अनुमान


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ ।

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ७ : ५६ बजे

विश्वकपमा नेदरल्यान्ड्सको सानदार जित: स्वीडेन ५–१ ले पराजित

ह्युस्टन – कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई-दुई गोल गरेपछि

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको

जर्मनी विश्वकपको नकआउट चरणमा : तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ

टोरन्टो – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले इन्जुरी

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६

आज २०८३ साल असार ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६