संघीय संसद्‌का दुवै सदनमा बजेटमाथिको छलफल आज पनि   « Khabarhub

संघीय संसद्‌का दुवै सदनमा बजेटमाथिको छलफल आज पनि  


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — संघीय संसद्‌का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल आज पनि जारी रहने भएको छ।

प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि बजेटमाथिको सामान्य छलफल सुरु भएको हो। छलफलका लागि दुवै सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

दुवै सदनमा सत्तापक्षका सांसदले बजेटको समर्थनमा र प्रतिपक्षी सांसदले विरोधमा धारणा राख्ने गरेका छन्। कतिपय सांसदले भने बजेटको कार्यान्वयनमा आशंका गर्दै मिश्रित प्रतिक्रिया दिने गरेका छन्।

बजेटमाथिको छलफलमा सांसदहरुले विषयान्तर गरेर निर्वाचन प्रणाली बदल्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विद्येयकलगायतका विषयमा पनि बोल्ने गरेका छन्।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ६ : ५२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ