कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान आजदेखि | Khabarhub Khabarhub

कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान आजदेखि


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर -कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ।

खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए। बुधबार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकायसित छलफलसमेत गरिएको थियो।

आजदेखि सुरु हुने खोप अभियान जेठ मसान्तसम्म सञ्चालन हुने छ। खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उनले बताए। “खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु”, पन्तले भने, “यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ। त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ।”

सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरिएको हो। कञ्चनपुरमा पाँच सय ७२ खोप केन्द्रबाट खोप दिइने छ। साथै तीन सय ५३ स्वास्थ्यकर्मी खोप सेवाका लागि खटिएका छन्।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : ०५ बजे

दलहरूले निर्मम समीक्षा गर्नुपर्छ : उपसभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरूले निर्मम

समावेशी व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रिय दलित आयोगले जनसङ्ख्याको अनुपातमा राज्यका निकायमा दलितको सहभागिता

भारतद्वारा स्वदेशी तेजस लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर

एजेन्सी– भारतले बिहीबार स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका

जेन-जी आन्दोलन : मृतक नेपाली नागरिकका परिवारलाई जनही १५ लाख निकासा गरिने

काठमाडौं- सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भई पहिचान खुलेका नेपाली