रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान  « Khabarhub

रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान 


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसमा आकस्मिक अवतरण गरिएको एयर इन्डियाको प्रतिस्थापन विमान अमेरिका प्रस्थान गरेको छ।

नयाँ दिल्लीबाट मंगलबार सान फ्रान्सिस्कोका लागि उडेको विमानको इन्जिनमा प्राविधिक खराबी आएपछि रुसमा आकस्मिक अवतरण गरिएको थियो।

सो विमानको सट्टा अर्को विमानमार्फत  २ सय ३२ जना यात्रु सान फ्रान्सिस्को प्रस्थान गरेका हुन्। तीन दिन पछि वैकल्पिक उडानमार्फत अमेरिका पठाइएको हो।

दुई सय १६ यात्रु र १६ चालक दलका सदस्यसहित उडान भरेको बोइङ ७७७ विमानले रुसको मगदान विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको थियो।

जहाँ यात्रु र चालक दललाई अस्थायी आवासमा राखिएको थियो। यात्रुहरूलाई खाना बस्न र भाषाका समस्याका कारण अनेक चुनौतीको सामना गर्नु परेको थियो।

अमेरिकी विदेश मन्त्रालयले रुसमा आकस्मिक अवतरण भएको विमानमा ५० भन्दा कम अमेरिकी नागरिक रहेको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले एयर इन्डियाको बदली विमान रुसबाट अमेरिका आउँदै गरेको छ भन्ने जानकारी दिइएको पनि बताएका छन्।

एयर इण्डियाले प्रतिस्थापन गरेको विमान ८ जुनमा स्थानीय समय अनुसार राती सवा १२ बजे सान फ्रान्सिस्कोको अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : ३९ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि