कालिकोट – कालिकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटनामा परेको छ। दुर्घटनामा परी २ जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा रास्कोट १ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाही रहेको प्रहरीले जनाएको छ। उनीहरु श्रीमान श्रीमती हुन्। घाइते रिताकुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ।
ग३च ४६१० नम्बरको वोलेरो जिप चालकले स्टार्ट गरेर जुत्ता लगाउन गए पछि ब्याक सरेर खोलामा खसेको थियो।
प्रतिक्रिया