साराले भनिन्, 'एक्सन कट'का बीच रमाइलो कुरा त यो छ कि... | Khabarhub Khabarhub

साराले भनिन्, ‘एक्सन कट’का बीच रमाइलो कुरा त यो छ कि…


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘केदारनाथ’ र ‘सिम्बा’ जस्तो फिल्ममा अभिनय गरेर दर्शकको मन जितेकी अभिनेत्री सारा अली खान पर्दामा जस्तो भूमिका निभाउन पनि तयार छिन् । साराले हालै एक अन्तर्वार्तामा आफूले फिल्मका लागि सबथोक गर्न तयार भएकी बताएकी छिन् ।

‘म सञ्जय लीला भन्सालीसँग कुनै फिल्ममा काम गर्न चाहन्छु, शहरी जीवनसँग सम्बन्धित कुनै फिल्म गर्न चाहन्छु,’ साराले भनिन्, ‘म चाहन्छु कि, रोमान्टिक कमेडी, कर्मसियल मसला फिल्ममा पनि काम गर्न पाइयोस्, एक्सन थ्रीलर फिल्ममा पनि काम गर्न चाहन्छु ।’

सारा आजकाल इम्तियाज अलीको फिल्म ‘लभ आजकाल २’ मा व्यस्त छिन् ।

‘एक्सन कटका बीचमा पनि सबभन्दा रोमाञ्चक कुरा त यो छ कि, तपाईं आफू को हो भन्ने नै भुल्नुहुन्छ, तपाई कोही अरुको जिन्दगीमा या कोही अरुको कथामा चरित्र बन्दा वास्तविकता भुल्नुहुन्छ,’ साराले भनिन्, ‘कसैको चरित्रलाई तपाईंले राम्रोसँग निभाउने चक्करमा तपाईं उही बन्नुहुन्छ ।’

साराले फिल्ममा अभिनय गर्दा कैयन् अनुभव सङ्गाल्न पाइने पनि बताइन् । पछिल्लो समय सारा बलिउडमा चर्चित छिन् । जम्मा दुई फिल्ममा अभिनय गरेर पनि उनले लाखौँ फ्यान कमाएकी छिन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १ : ५८ बजे

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन

इरानमा कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

तेहरान– इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण

नेपालमा प्रति १ लाख जनसंख्याको १२ जनामा ब्रेन ट्युमर 

काठमाडौं– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस