बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा « Khabarhub

बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

सभाको आजको बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिएका छन् । यसैगरी प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गरे ।

बैठकमा सांसदहरू सीताकुमारी राना, लालप्रसाद सावाँ लिम्बू, मैना कार्की, एकनाथ ढकाल, सीता मिजार, प्रभु हजारा दुसाद, मनबहादुर गुरुङ, डा सुनिलकुमार शर्मा, रामकुमार राई, हरि ढकाल, ऐनबहादुर शाही ठकुरी, सूर्यप्रसाद ढकाल, लीलादेवी बोखिम, प्रतिक्षा तिवारीलगायतले आफ्ना धारणा व्यक्त गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २६ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिनिधिसभामा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ८ : ३६ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर