त्रिवेणीका जनप्रतिनिधिले गरे एक वर्षमा ६० दिन श्रमदान « Khabarhub

त्रिवेणीका जनप्रतिनिधिले गरे एक वर्षमा ६० दिन श्रमदान


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का जनप्रतिनिधिले एक वर्षको अवधिमा ६० दिन श्रमदान गरेका छन् । गत वर्ष जेठदेखि श्रमदानको अभियान थालेका वडाका जनप्रतिनिधिले वडामा रहेका विभिन्न योजनामा श्रमदान गरेका हुन् ।

श्रमदानमार्फत वडामा रहेका सडक मर्मत, नाला निर्माण, पहिरो हटाउने, पर्खाल लगाउने काम गरिएको छ । वडामा रहेका गोरेटा बाटो निर्माण, मर्मत तथा अन्य विभिन्न संरचनाको मर्मत तथा निर्माण गरिएको वडाध्यक्ष सुन्दर ओलीले जानकारी दिए । उनका अनुसार श्रमदानबाट वडामा हुने विकास निर्माणको कामलाई पनि सहयोग पुगेको छ । श्रमदानमार्फत सडक, गारेटाबाटा मर्मत हुने भएपछि त्यहाँ खर्च हुने रकमले अन्य काम भएको वडाध्यक्ष ओलीले जानकारी दिए ।

जनप्रतिनिधिले गर्ने श्रमदानमा वडावासीको पनि सहभागिता हुने गरेको छ । विभिन्न समयमा जनप्रतिनिधिले श्रमदान गर्दै गर्दा वडावासी पनि श्रमदान गर्न आउने गरेको वडाध्यक्ष ओलीले बताए । वडावासी र जनप्रतिनिधि गरेर दुई सय १३ दिन श्रमदान भएको छ । जनप्रतिनिधिलाई महिनामा एक दिन श्रमदान गर्नुपर्ने अनिवार्य भए पनि वडाका स्थानीयलाई भने अनिवार्य नरहेको वडा कार्यालयले जनाएको छ ।

एक दिन श्रमदानमा सहभागी नहुने जनप्रतिनिधिले रु छ सय श्रमदान नगरे वापत वडालाई बुझाउनुपर्ने हुन्छ । त्यो रकम पनि सामाजिक काममा खर्च हुने वडाध्यक्ष ओलीले जानकारी दिए । पछिल्ला दिनमा श्रमदान गर्ने परिपाटी हराउँदै गएपछि वडामा श्रमदानको अवधारण ल्याई काम सुरु गरिएको हो ।

श्रमदानप्रति वडावासी पनि सक्रिय देखिन थालेको र अब काम गर्न झनै सहज हुने वडाध्यक्षको भनाइ छ । अबको श्रमदानको काममा वडावासीको उपस्थितिलाई पनि बढाउने वडाको योजना रहेको उनले भनाइ छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : १८ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२