लहान नगरपालिद्वारा किसानलाई परिचयपत्र वितरण « Khabarhub

लहान नगरपालिद्वारा किसानलाई परिचयपत्र वितरण


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहान नगरपालिकाले किसानलाई लक्षित गरी आफ्नो परिचय खुल्ने परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले आज वडा नं १२ बाट वितरण सुरु गरेको हो ।

सरकारले किसानलाई प्रदान गर्ने हरेक सुविधा प्रभावकारीरूपमा वितरण गर्न सहज हुने उद्देश्यले किसान परिचयपत्र वितरण गरिएको नगरप्रमुख महेश चौधरीले बताए । “अब किसानलाई मलखाद वितरण, बीउबिजन, अनुदानमा पारदर्शिता, ऋण लिनलगायत अन्य कार्य गर्नलाई थप सहज हुने विश्वास लिएको छु”, चैधरीले भने, “किसान परिचयपत्रले वास्तविक किसानको पहिचान गरी राहत दिन प्रभावकारी हुनेछ । यसबाट किसानलाई व्यावसायिक बन्न थप मद्दत पुग्नेछ ।”

त्यसैगरी वडाध्यक्ष बद्रीनारायण चौधरीले किसानको हक–अधिकारलाई किसान परिचयपत्रले सुनिश्चित गर्ने बताए। किसान परिचयपत्र क्रमशः सबै वडामा वितरण गरिने कार्यक्रम रहेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिए ।

परिचयपत्रमा सम्पूर्ण किसानको व्यक्तिगत विवरण राखिएको छ । जसमा क्यूआर कोड पनि छ । अनलाइनमा नाम हाल्नेबित्तिकै किसानको सम्पूर्ण जानकारी प्राप्त हुनेछ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : ०० बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय