भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ : डा भट्टराई « Khabarhub

भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ : डा भट्टराई


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने बताएका छन् ।

आजदेखि भक्तपुरमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकमा उनले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने बताएका हुन् ।

“देशमा चरम भ्रष्टाचारको विकृति चुलिएको छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे खोज्नुपर्ने बेला आएको छ, भ्रष्टाचारको यति ठूलो सङ्क्रामक रोगबाट हामी गुज्रिरहेका छौँ”, अध्यक्ष भट्टराईले भने, “अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन दिने र हाम्रै कार्यकालमा देशका लागि समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्छ ।” नेपाल बदल्ने सङ्कल्पसहित नेपाल समाजवादी पार्टी गठन भएको भन्दै उनले आफ्नो पार्टीले निकट भविष्यमा अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने दाबी गरे ।

उनले प्रगतिशील, लोकतान्त्रिक र समाजवादी शक्तिहरूको एकता अपरिहार्य रहेको औँल्याउँदै यथास्थितिमा वाम शक्तिहरू टिक्न नसक्ने बताए । ‘अबको राष्ट्रको सङ्कल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा माथि बोल्दै उनले भने, “नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै साम्यवादी रूपमा अब लामो समय वाम शक्तिहरू अघि बढ्न कठिन हुन्छ ।”

विभिन्न राजनीतिक प्रतिवेदनमाथि बृहत् छलफल गर्दै बैठक भोलि समापन हुने बताइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : ३८ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको