ए डिभिजन लिगमा आज चार खेल हुने, को-को भिँड्दैछन्? | Khabarhub Khabarhub

ए डिभिजन लिगमा आज चार खेल हुने, को-को भिँड्दैछन्?


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । 

आज खुमलटार र चर्च ब्वाइज युनाइटेड, एपीएफ र फ्रेन्ड्स क्लब, नेपाल पुलिस र सातदोबाटो युथ क्लब तथा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । जारी लिगमा २५ खेलबाट २७ अंक जोडेको खुमलटार तालिकाको पुछारमा छ । चर्च ब्वाइज ४५ अंकका साथ शीर्ष स्थानमा छ । चर्च ब्वाइज एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको छ । 

यस्तै, एपीएफ र फ्रेन्ड्स क्लबले दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । २५ खेलको समाप्तिसम्म एपीएफको ३० अंक भएको छ भने फ्रेन्ड्सको २७ अंक छ । आजको खेलमा दुवै टोली रेलिगेसनबाट जोगिने प्रयासमा हुनेछन् ।

यसैगरी नेपाल पुलिस र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ । पुलिस ३८ अंकसहित तेस्रो स्थानमा रहँदा ३५ अंक भएको सातदोबाटो पाँचौँ स्थानमा छ । दुवै टोली आज सुखद अन्यको खोजीमा हुनेछन् ।

यस्तै, त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा हुनेछ । अहिलेसम्म आर्मी र हिमालयनको समान ३१–३१ अंक छ ।  

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ६ : ४७ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’