मन्त्रिपरिषद् बैठकका निर्णय : खेलाडीलाई पुरस्कारदेखि अनुसुची संशोधनसम्म | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठकका निर्णय : खेलाडीलाई पुरस्कारदेखि अनुसुची संशोधनसम्म


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शारिरीक सुगठनका लागि विश्वविजेत खेलाडी महेश्वर महर्जनलाई पाँच लाख पुरस्कार प्रदान गर्ने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय क्रिकेट खेलाडीलाई पनि जनही ५ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी क्रिकेट टोलीका प्रमुख प्रशिक्षकलाई ३ लाख र अरुलाई २ लाख नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । विहीबार नियमित पत्रकार सम्मेलनमा उनले साग फुटबल टोलीका सदस्यहरुलाई पूर्व घोषणा अनुसार जनही ३ लाख दिने निर्णय पनि गरिएको जानकारी दिए ।

सरकारले नेपाल दूर संचार प्राधिकरणको कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई दिएको छ । त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा सुवाष सिटौलालाई नियुक्त गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद बैठकले बजेट कार्यान्वयनमा देखिएको समस्या तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्ट परियोजना अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । सो परियोजनाका लागि अमेरिकाले नेपालाई ५ सय मिलियन डलर अनुदान सहायता उपलब्ध गराएको छ ।

अमेरिकाको सिनेटबाट नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने निर्णय संघीय संसदबाट अनुमोदन गराउने निर्णय नेपाल सरकारले पनि गरेको प्रवक्ता बाँस्कोटाले स्पष्ट पारे । त्यसैगरी मन्त्रिपरिषद बैठकले अध्यागमन नियमावली, २०५१ को अनुसूचि ११ संशोधन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, पदयात्रीहरुको सुरक्षालाई ध्यानमा राखेर सरकारले सो सम्बन्धी नियमावली संशोधन गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता बाँस्कोटाले जनाए । लागुऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुर्नस्थापना केन्द्र संचालन निर्देशिका २०७५ लाई सरकारल स्वीकृत गरेको छ ।

त्यसैगरी नेपाली सेनाका ५ जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय पनि सरकारले गरेको छ । सरकारले ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : २१ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली