प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी  दिने समय आज सकिँदै  « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी  दिने समय आज सकिँदै 


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज सकिँदैछ ।

जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी भए आज (जेठ २६ गते) दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो ।

समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन् । जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून व्यवसायीलगायतका उजुरी छन् । 

समितिमा प्राप्त उजुरी उपर आइतबार बस्ने सुनुवाइ समिति बैठकमा छलफल हुनेछ । समितिले उजुरीकर्तासँग छलफल गरेपछि कार्कीसँग सोधपुछ गर्नेछ ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १० : ०० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित