प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ता गर्नू : सर्वोच्च « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ता गर्नू : सर्वोच्च


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालासले शुक्रबार उक्त रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय खारेज गरेको निवेदक लेनिन बिष्टले जानकारी दिए । योसँगै तत्कालीन विद्रोही नेता प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ताको बाटो खुलेको हो ।

‘बाल सेना प्रयोग गरेर युद्ध अपराध गरेको भन्ने हामीले दायर गर्न खोजेको रिट निवेदन दरपिठ गर्ने निर्णय खारेज भएको छ’ उनले भने, ‘अब आइतबारसम्ममा रिट निवेदन हाल्नेछौं ।’

बाल सेना प्रयोग गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युद्ध अपराध गरेकाले तुरुन्तै प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दिइएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १ : ३४ बजे

जेन-जी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता लिँदै गृहमन्त्री

काठमाडौं- दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा पुगेका सुधन गुरुङले गत २०८२

अर्थमन्त्रीको स्पष्टीकरण : आर्थिक विधेयकमा करका दर हेरफेर भएको छैन, ईभी आयातमा सूचना चुहाएको आरोप पनि गलत

काठमाडौं- अर्थ मन्त्रालयले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर भ्रमपूर्ण प्रचार

कास्कीपछि पर्साबाट पनि रविलाई राहत, गम्भीर अपराधको मुद्दा अघि नबढ्ने

वीरगन्ज- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको ‘संगठित