प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध 'युद्ध अपराध' सम्बन्धी रिट दर्ता गर्नू : सर्वोच्च | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ता गर्नू : सर्वोच्च


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालासले शुक्रबार उक्त रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय खारेज गरेको निवेदक लेनिन बिष्टले जानकारी दिए । योसँगै तत्कालीन विद्रोही नेता प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ताको बाटो खुलेको हो ।

‘बाल सेना प्रयोग गरेर युद्ध अपराध गरेको भन्ने हामीले दायर गर्न खोजेको रिट निवेदन दरपिठ गर्ने निर्णय खारेज भएको छ’ उनले भने, ‘अब आइतबारसम्ममा रिट निवेदन हाल्नेछौं ।’

बाल सेना प्रयोग गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युद्ध अपराध गरेकाले तुरुन्तै प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दिइएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १ : ३४ बजे

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियो १९५ रनको चुनौती

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ को पहिलो खेलमा

सेती लोकमार्ग : दश किलोमिटर कालोपत्र हुँदै

कैलाली– सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर

टी-२० विश्वकप : अमेरिकाविरुद्ध क्यानडाका दुई ब्याट्सम्यानले बनाए अर्धशतक

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अमेरिकाविरुद्ध

मुगुमा यार्सा संकलनका क्रममा चारजनाको मृत्यु, एक सिकिस्त

मुगु– मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको लेक लागेर मृत्यु

टी-२० विश्वकप : को बन्न सक्छन् नायक ?

सन् २००७ को समय, एक दिवसीय क्रिकेटमा रोमाञ्च थियो। संसारका