बर्दियाका किसान वैकल्पिक बेसार खेतीतर्फ आकर्षित « Khabarhub

बर्दियाका किसान वैकल्पिक बेसार खेतीतर्फ आकर्षित


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मधुवन- बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसान वर्षौँदेखि निकुञ्जबाट आएका जङ्गली जनावरबाट पीडित छन् । जङ्गली जनावरले उनीहरुले लगाएको धान, मकै, गहुँलगायत अन्नबाली नोक्सान गर्न थालेपछि यहाँका किसान वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन् ।

“बाली स्याहार्ने बेला जङ्गली जनावरले खाएर, कुल्चेर नोक्सान गर्दछन् । बेसार खेतीलाई जङ्गली जनावरले क्षति नर्‍याउने भएकाले बेसार खेती गर्न थालेका छौँ”, किसान नर बहादुर सुनारले भने । उनले अन्नबालीको उत्पादन लिन नसके पनि बेसार खेतीबाट मनग्ये आम्दानी हुन थालेको बताए ।

“किसानलनई आफ्नो समस्या टार्न सहज भएको छ । जङ्गली जनावरले धान, मकै, गहुँलगायत अन्नबाली नोक्सान पारिदिँदा परम्परागत तवरले खेती गर्दै आएका किसानले विकल्पका रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्”, सुनारले भने । वर्षभरि गरेको मेहनतको फसल जङ्गली जनावरले नोक्सान गर्न थालेपछि विकल्पका रुपमा बेसार खेती थालेको भन्दै उनले बेसार खेतीबाट घरपरिवारको समस्या टार्न सहज भएको बताए ।

सुनारका अनुसार जङ्गली जनावरबाट आजित भएका यहाँका किसानले तीन वर्षदेखि विकल्पका रुपमा बेसार खेती गरिरहेका छन् । सुरुका वर्ष दलित सेवा सङ्घले किसानलाई निःशुल्क बेसारको बीउ उपलब्ध गराउनुका साथै बेसार खेती सम्बन्धी तालिम उपलब्ध गराएको थियो ।

यस वर्ष प्रतिकिलो रू २५ मा स्थानीय बीउ किनेर ४० बिघाभन्दा बढी क्षेत्रफलमा बेसार खेती गर्ने योजना रहेको किसान नयाराम सुनारले बताए । उनका अनुसार उत्पादित बेसार प्रतिकिलो रू दुई सय ५० सम्ममा बिक्री हुन्छ । पछिल्लो समय मधुवन नगरपालिकाले यस क्षेत्रलाई बेसार पकेट क्षेत्र घोषणा गरी बेसार खेतीलाई प्रोत्साहन गर्ने प्रयास थालेको छ ।

“यहाँका किसानले समूह गठन गरी बेसार खेतीलाई व्यावसायिक बनाउने योजना बनाएका छौँ । उत्पादित बेसार बिक्रीमा समस्या हुन्छ कि भन्ने चिन्ता छ”, नयारामले भने । बजारीकरणमा पालिकाले समन्वय गर्नुपर्ने उनको भनाइ छ । बेसार खेती गर्दा लगानी कम लाग्ने र प्रति कट्ठा पाँच क्विन्टलसम्म सजिलै फलाउन सकिने नयारामले बताए ।

निकुञ्ज र मध्यवर्ती आसपासका किसानका लागि बेसार खेती अत्यन्त उपयुक्त हुने कृषि प्राविधिक एकराज वलीले बताए । जिल्लालाई बढी बेसार उत्पादन गर्ने जिल्लाका रुपमा विकास गर्न सकिने उनको भनाइ थियो । उनका अनुसार चालीस बिघा जमिनमा हुँदै आएको बेसार खेतीबाट यहाँका कृषकले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् ।

“जङ्गली जनावरले बेसार खेतीलाई कम नोक्सानी गर्ने भएकाले किसान बेसार खेतीतर्फ आकर्षित भएका हुन । कम लगानीमा व्यावसायिक खेती गर्न सकिने र आम्दानी पनि राम्रै भएको छ”, कृषि प्राविधिक वलीले भने । उनका अनुसार बजारीकरणमा भने केही जटिलता देखिएको किसानले गुनासो गरेका छन् ।

बेसार उत्पादन, प्रशोधन, लेबलिङलगायत काम स्थानीयस्तरमै गरिँदै आएको बताउँदै बजारीकरणका लागि स्थानिय सरकारले सहयोगी संस्थासँग समन्वय गरिरहेको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  २ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै