पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा चर्को मूल्यवृद्धि  « Khabarhub

पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा चर्को मूल्यवृद्धि 


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ ।

 यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौँ उपत्यकामा सात दशमलव ६८ प्रतिशत र पहाडमा सात दशमलव ५७ प्रतिशत पुगेको छ । त्यस्तै, तराई क्षेत्रमा सात दशमलव १५ प्रतिशत र हिमालमा सात दशमलव १२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

वैशाख मसान्तसम्मको तथ्यांकअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ५४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २६ दशमलव ६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ४१ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५ दशमलव ७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३ दशमलव ०८ प्रतिशत, शिक्षाको १० दशमलव ५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको नौ दशमलव ६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको आठ दशमलव २७ प्रतिशतले बढेको छ ।

गत वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३१ प्रतिशत रहेको छ । उपभोग्य वस्तुको थोक मूल्य तीन दशमलव १२ प्रतिशतले घटेको छ भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि दुई दशमलव ६८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  २ : ३५ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा