गर्मी बढेपछि दाङका विद्यालय बन्द | Khabarhub Khabarhub

गर्मी बढेपछि दाङका विद्यालय बन्द


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

देउखुरी- दाङमा गर्मी बढेपछि विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि जेठ ३० गतेसम्म नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाप्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

त्यस्तै, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका, राप्ती, गढवा, राजपुर लगायतका गाउँपालिकाभित्र रहेका सम्पूर्ण  सामुदायिक तथा संस्थागत विद्यालय पनि बन्द गरिएका छन् ।

घोराही उपमहानगरपालिकाभित्रका निजी तथा संस्थागत विद्यालय जेठ २६ देखि ३१ गतेसम्म बन्द गर्ने निर्णय गरिएको  उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ । त्यस्तै  देउखुरी क्षेत्रका चारवटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

राप्ती गाउँपालिकाले जेठ २४ देखि २६ गतेसम्म, गढवा गाउँपालिकाले जेठ २५ देखि २९ गतेसम्म, राजपुर गाउँपालिकाले जेठ २६ देखि जेठ ३० गतेसम्म र लमही नगरपालिकाले जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

यसैगरी शान्तिनगर गाउँपालिकाले जेठ २५ देखि ३० गतेसम्म विद्यालय बन्द गरेको छ । अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि गर्मीबाट बालबालिका जोगाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको सम्बन्धित पालिकाले जनाएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ३ : ५१ बजे

सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी

टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला

इस्तानबुल – इस्तानबुलको उत्तरपूर्वमा टर्कीको कृष्ण सागरको तटमा तैरिरहेको समुद्री

किसुनजीको बाटो अनुसरण गर्नुर्पछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता

सहकारी ठगी प्रकरण : कास्की अदालतमा छविसँग तीन घण्टा बयान

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी

रवि संकटमा पर्दा रास्वपामा कार्यवाहक नै कार्यवाहक

काठमाडौं– संघीय संसद्को प्रतिनिधिसभा सदस्यबाट निलम्बित रवि लामिछाने संस्थापन सभापति