‘सनातन संस्कृतिमा शिखा र सूत्रको स्थान महत्वपूर्ण’ « Khabarhub

‘सनातन संस्कृतिमा शिखा र सूत्रको स्थान महत्वपूर्ण’


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरोकारवालाहरुले सनातन संस्कृतिमा शिखा र सूत्रको महत्वपूर्ण स्थान रहेको बताएका छन् ।

अनुसन्धान व्यवस्थापन एकाइ वाल्मीकि विद्यापीठले आज आयोजना गरेको ‘सनातन संस्कृतिमा शिखा र सूत्र (यज्ञोपवीत) को महत्व एवं यसको मनोवैज्ञानिक प्रभाव’ विषयक गोष्ठीका वक्ताले शिखा र सूत्रको वैज्ञानिकरूपमा समेत महत्त्व रहेकामा जोड दिएका हुन् ।

व्यक्तिको तेजवृघि र नकारात्मकता हटाएर सकारात्मक गुणको विकासका लागि शिखा एवं सूत्रले योगदान गर्ने वक्ताको भनाइ थियो ।

कार्यक्रममा उपप्राध्यापक डा. माधवप्रसाद लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराई र संस्कृतिविद् चिन्तामणि योगीले टिप्पणी गरेका थिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै उनीहरूले मुस्लिम र क्रिश्चियनले आफ्ना संस्कार नछोड्ने गरेको उल्लेख गर्दै सनातन धर्मावलम्बीले पनि स्वत्व छोड्नु नहुनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ७ : ४५ बजे

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

म्याग्दी– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने