जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव « Khabarhub

जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मान्म– जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव भएको छ । जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो । 

जिल्ला अस्पतालमा खाँडाचक्र नगरपालिका–१ को जिरोप्वाइन्ट रहेको मुहानबाट खानेपानीको आपूर्ति गरिँदै आएको थियो । जिरोप्वाइन्टमा आफ्नै खानेपानी ट्यांकी रहेको र त्यसलाई घेराबार गरेर राखेका अवस्थामा अनधिकृतरूपमा केही व्यक्तिले ट्यांकीमा आफ्ना निजी पाइप जोडेर लगेका कारणले जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा संकेत विश्वकर्माले बताए । 

‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पानीको अवरोध गर्नु गैरकानुनी काम हो’, उनले भने, ‘यो समस्या तत्काल समाधान नभए कानुनीरुपमा जान बाध्य हुनेछौँ ।’ जिल्ला अस्पतालमा खानेपानीको अभाव हुँदा बिरामी तथा बिरामीका कुरुवालगायतका अन्य सेवाग्राहीलाई खानेपानीका लागि टाढाटाढा जानुपर्ने बाध्यता रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा विश्वकर्माले बताए । 

‘केही दिनयता खानेपानीको अभाव हुँदा बिरामी तथा कुरुवालगायतका स्वास्थ्यकर्मी र सेवाग्राहीलाई निकै सकस भएको छ’, उनले भने, ‘गर्मीको मौसममा खानेपानीको अभाव हुँदा अस्पतालमा उपचारमा आएका पनि खानेपानीको अभावले बिरामी पर्ने गरेका छन् ।’

खानेपानीको अभावमा स्वास्थ्य सेवा प्रवाहमा प्रतिकूल असर परेको हुँदा तीन दिनभित्र खानेपानीको पाइप नहटाए कानुनी कारबाहीमा जाने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा विश्वकर्माले बताएका छन् । ‘स्वास्थ्य क्षेत्रमा अवरोध गरिनु कुनै राम्रो काम होइन’, उनले भने, ‘यस्तो गैरकानुनी कामलाई प्रश्रय दिनु पनि राम्रो होइन ‘

जिल्ला अस्पतालमा खानेपानीको अभाव भएका कारणले खानेपानीका लागि भौतारिनुपर्ने बाध्यता रहेको बिरामीका कुरुवा बसेका पचाल झरना गाउँपालिका–४ का नैन तिरुवाले बताए। ‘यता बिरामीको कुरुवा बस्नु कि खानेपानीका लागि भौतारिनु’, उनले भने, ‘खानेपानी खोज्दाखोज्दै अस्पतालमा बिरामीलाई अप्ठ्यारो पनि हुनसक्छ ।’ गर्मीयाम बढ्दै गएका कारणले कालीकोटको सदरमुकाममा पनि खानेपानीको चरम अभाव हुन थालेको छ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १२ : ४१ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो