२० प्रतिशतसम्म घर भाडामा छुट दिन व्यवसायीको माग « Khabarhub

२० प्रतिशतसम्म घर भाडामा छुट दिन व्यवसायीको माग


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो ।

मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन माग गरेको हो ।

मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीले राजमार्ग विस्तारका साथै विकास निर्माणका कामको असर प्रत्यक्ष रूपमा व्यवसायमा परेको भन्दै व्यवसाय पूर्ववत् सञ्चालन नहुँदासम्म भाडादरमा पूर्ण रुपमा छुट दिन घरधनीलाई अनुरोध गरे । उनले घरबहालसम्बन्धी कर घरधनी स्वयम् आफैँले तिर्नुपर्नेसमेत स्पष्ट पारे । 

अहिले व्यवसायीले आर्थिक मन्दीका कारण घरभाडा समयमा भुक्तानी गर्न नसक्दा घरधनीलाई समेत असर परेको अध्यक्ष पराजुलीको भनाइ थियो । ‘घरभाडाका कारण व्यवसाय बन्द हुँदै गएको अवस्थामा बेरोजगारी बढ्ने, घरधनीले प्राप्त गर्ने घरभाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल करलगायत अन्य करसमेत घट्ने हुँदा यसलाई व्यवसायी, घरधनी र राज्य पक्षले सहजीकरण गरी विकल्प खोज्नुपर्दछ’, उनले भने ।

चितवनका मुख्य सहर र सडक आसपास क्षेत्रमा ८० देखि ९० प्रतिशतले भवन, सटर, कोठा भाडा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायमा देखिएको ह्रास, चर्को घरभाडा र बैंकको ब्याजका कारण दैनिक खर्च चलाउन समेत समस्या हुन थालेपछि व्यवसायीहरू पलायन हुँदै अध्यक्ष पराजुलीले बताए। उनले बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान गरिएको कर्जाको ब्याजलाई एक अंकमा सीमित राख्न नेपाल राष्ट्र बैंकलाई अनुरोध समेत गरे ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  २ : ०६ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय