अर्थमन्त्रीले आज प्रतिनिधिसभामा जवाफ दिने « Khabarhub

अर्थमन्त्रीले आज प्रतिनिधिसभामा जवाफ दिने


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा बोल्न बाँकी सांसदले भाग लिने कार्यसूची सार्वजनिक गरिएको छ।

त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ‍.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ।

विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अन्तिममा अर्थमन्त्री डा. महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यक्रम छ।

आजै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यसपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ६ : ४६ बजे

सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासन सहमत

बारा – बारा स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच आज भएको

शनिबार कांग्रेस महाधिवेशन तालिका पेस गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुस मसान्तभित्रको मिति तोकेर ल्याउने

दलित आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

गण्डकी – राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका

लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली

गोरखा– प्रशारण लाइन बिस्तार भएको करिव चार बर्षपछि लाप्राकमा केन्द्रीय

नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक

काठमाडौं – नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ