अर्थमन्त्रीले आज प्रतिनिधिसभामा जवाफ दिने « Khabarhub

अर्थमन्त्रीले आज प्रतिनिधिसभामा जवाफ दिने


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा बोल्न बाँकी सांसदले भाग लिने कार्यसूची सार्वजनिक गरिएको छ।

त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ‍.व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ।

विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अन्तिममा अर्थमन्त्री डा. महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यक्रम छ।

आजै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यसपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ६ : ४६ बजे

बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने