पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न « Khabarhub

पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एड्भान्स’ तालिम लिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम निर्माण गर्नेलगायतका तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि एकमहिने आधारभूत मूर्ति बनाउने तालिममा सहभागी भएकालाई दोस्रो चरणमा थप एक महिना ‘एड्भान्स’ तालिम प्रदान गरिएको उनको भनाइ छ ।

उनले तालिमका सहभागीहरूले बनाएको मूर्ति आन्तरिक तथा बाह्य पर्यटक, अतिथिलगायतलाई मायाको चिनोका रूपमा प्रयोग हुने नगरप्रमुख रानामगरले बताए ।  यसले गोरखाको ऐतिहासिक पहिचानको पनि प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

गोरखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा उत्पादन गर्न सके यसले आर्थिक आयआर्जनमा टेवा पुग्ने भएकाले महिलालाई मूर्ति बनाउन तालिम प्रदान गरेको नगरप्रमुख रानामगरले बताए ।

उनले गोरखा आएर फर्कने पर्यटकले यहाँ घुमेर फर्कँदै गर्दा गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिमको आयोजना गरिएको जानकारी दिए ।

तालिमले रोजगारीको अवसरसमेत सिर्जना गरेको जनाउँदै नगरप्रमुख रानामगरले यसबाट महिलालाई दैनिक आयआर्जनका साथै आत्मनिर्भरसमेत बनाउने बताए । उनले तालिममा सहभागीलाई मूर्तिका साथै मूर्तिका लागि आवश्यक पर्ने साथै ऐना र फ्रेम बनाउनका सिकाइएको बताए ।

तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको  थियो । शनिबार सम्पन्न भएको तालिमको समापन कार्यक्रममा नगरप्रमुख रानामगरसहित उपप्रमुख मसली माया थोकर, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, प्रशिक्षार्थी रमा बस्नेतलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ८ : ३४ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.