सुनचाँदीका वस्तुको थप कर तत्काल फिर्ता गर्न माग « Khabarhub

सुनचाँदीका वस्तुको थप कर तत्काल फिर्ता गर्न माग


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीका वस्तुमा दुई प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ। सुनचाँदी व्यवसायमा आबद्ध तीनवटै महासंघले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णय सुनचाँदी व्यवसायीको हित विपरीत भएको ठहर गरेको छ। सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने तथा त्यसमा पनि रसायनसहितका गरगहना हुनुपर्ने नीति अवलम्बन गरेकोप्रति पनि व्यवसायीले विरोध जनाएका छन्।

उनीहरूले भन्सार दरमा गरिएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्। व्यवसायीले सुनचाँदी भन्सार दरलाई पुनरावलोकन गरी विश्व व्यापार संगठनको प्रावधानअनुरूप खुला आयात नीति लागू गर्न माग गरेका छन्।

राज्यले विभिन्न बहानामा व्यवसायी र आम उपभोक्ता माथि कर थोपर्ने नीति लिएकोले त्यसको व्यवसायीहरूले विरोध जनाएका छन्। त्यसैगरी, बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेको छ। परम्परागत र रैथाने व्यवसायलाई प्रवर्द्धन गर्ने भनिएको बजेटको नीतिको ठिक विपरीत हुने गरी यो व्यवसायमा थप २ प्रतिशत विलासिता कर समेत लगाउने घोषणा गरेको व्यवसायीको आरोप छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ११ : ५१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा