सुनचाँदीका वस्तुको थप कर तत्काल फिर्ता गर्न माग « Khabarhub

सुनचाँदीका वस्तुको थप कर तत्काल फिर्ता गर्न माग


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीका वस्तुमा दुई प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ। सुनचाँदी व्यवसायमा आबद्ध तीनवटै महासंघले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णय सुनचाँदी व्यवसायीको हित विपरीत भएको ठहर गरेको छ। सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने तथा त्यसमा पनि रसायनसहितका गरगहना हुनुपर्ने नीति अवलम्बन गरेकोप्रति पनि व्यवसायीले विरोध जनाएका छन्।

उनीहरूले भन्सार दरमा गरिएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन्। व्यवसायीले सुनचाँदी भन्सार दरलाई पुनरावलोकन गरी विश्व व्यापार संगठनको प्रावधानअनुरूप खुला आयात नीति लागू गर्न माग गरेका छन्।

राज्यले विभिन्न बहानामा व्यवसायी र आम उपभोक्ता माथि कर थोपर्ने नीति लिएकोले त्यसको व्यवसायीहरूले विरोध जनाएका छन्। त्यसैगरी, बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेको छ। परम्परागत र रैथाने व्यवसायलाई प्रवर्द्धन गर्ने भनिएको बजेटको नीतिको ठिक विपरीत हुने गरी यो व्यवसायमा थप २ प्रतिशत विलासिता कर समेत लगाउने घोषणा गरेको व्यवसायीको आरोप छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ११ : ५१ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र