गर्मी बढिरहेकै बेला महोत्तरीको उत्तरी भेगमा खानेपानीको अभाव « Khabarhub

गर्मी बढिरहेकै बेला महोत्तरीको उत्तरी भेगमा खानेपानीको अभाव


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– अत्यधिक गर्मी बढिरहेका बेला यहाँको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सय १५ भन्दाबढी बस्तीमा अहिले खानेपानीको अभाव भएको हो ।

धाराबाट पानी वितरण हुँदै आएका स्रोतको मुहान सुकेपछि बर्दिबासका १४ वटै वडाका बस्तीमा घरघरै जडान गरिएका धारामा पानी आउन छाडेको छ । धाराको टुटी खोल्दा पानी नझरेपछि बढ्दो गर्मीमा सर्वसाधारण छट्पटिएका छन् ।

‘तीन-चार दिन पहिलेसम्म त धारामा कुनैकुनै बेला पानी चुहेजस्तो गथ्र्यो, अब त पानी झर्न छाड्यो’, बर्दिबास–२ ओमशान्तिचोककी गृहिणी फूलमाया मगरले भनिन्, ‘खै अब कसलाई गुहार्ने होला ?’ कुनै बेला धारामा पानी आउने आशमा पछिल्ला तीन दिनयता घरका परिवारजन राति पालो गरेर सुत्ने गरेको फूलमायाले बताइन् ।

बर्दिबासका वडा नं १, २, ३, ४, ५, १०, ११ र १४ का बस्तीमा खानेपानीको स्रोत नदी र खोल्सीबाट सङ्ग्रह गरिएको पानी भण्डारण गरेर धाराबाट वितरण गरिने रहेको छ । यस्तै वडा नं ६, ७ र ८ मा धारा तथा इनार दुवै स्रोत छन् । वडा नं ९, १२ र १३ मा भने इनारकै भर छ । धाराका लागि पानी सङ्ग्रह गरिने नदीका मुहान र खोल्सीमा गर्मी बढेसँगै पानी सुक्दै गएपछि धारामा पानी आउन छाडेको बर्दिबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष शंकर फुँयालले बताए।

‘खोल्सी र नदीका मुहान सुक्दै गएपछि पानी सङ्ग्रह र भण्डारणमा समस्या छ, हामी मुहान खोस्रँदै पानी बढाउने प्रयत्नमा छौँ’, फुयाँलले भनिन्, ‘तर लगातार बढ्दो प्रचण्ड गर्मीले मुहान झनझनै सुक्दै गएपछि अहिले भण्डारण गरिएको पानी अलिअलि गरेर सबै भेगमा बाँडेर जोहो गरिएको छ ।’ 

यसैगरी गौशाला र भंगाहा नगरक्षेत्रका धारा, इनार र चापाकल सुक्दै गएपछि सर्वसाधारण रनभुल्ल परेका छन् । आफ्ना बस्तीका इनार र चापाकल सुकेपछि नजिकको पलार बस्ती पुगेर पानी ल्याउनुपरेको भंगाहा–४ रामनगरका इस्लाम कवारीले बताए । ‘यसअघि कहिल्यै नसुकेका इनार र चापाकल अहिले सुके, खै के हुन लाग्यो ?’, कवारीले भने, ‘अब कसरी बाँच्ने होला ?’ भंगाहाका प्रेमनगर, रामनगर, टोकाबस्ती, थारुटोल बनरा, कर्पुरगञ्ज, राजपुर, भू–चक्रपुरसीतापुरसहितका बस्तीका ८० प्रतिशत चापाकल र इनार सुकेका कवारी बताउँछन् ।

बस्तीमा पानीका स्रोत सुक्दै गएपछि खानपिउन मात्र नभई नुहाउन तथा लुगा धुन, पशुलाई पानी खुवाउन पनि समस्या बढेको छ । यस भेगका बासिन्दा बयलगाडामा दुई किलोमिटर तलका बस्तीमा पानी लिन धाउन थालेका छन् । बयलगाडा नहुने साइकलमा दुईतिर गाग्री बाँधेर पानी ओसार्ने गरेका भंगाहा–४ टोका बस्तीका राजकुमार दास बताउँछन्।

जिल्लाका मध्य र दक्षिणी क्षेत्रका पानीका स्रोत नसुके पनि चापाकल र अटोमेटिक बोरिङबाट झर्ने पानीको मात्रा निकै घटेको छ । पछिल्ला केही वर्षयता नदी, खोल्साखोल्सी, इनार र चापाकलमा पानी सुक्नमा प्रचण्ड रापमात्र नभएर प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन मुख्य कारण रहेको वातावरण तथा जलवायु विज्ञको भनाइ छ । 

पानीको अभाव हुन थालेपछि बस्तीमा इनार सखार्ने, बोरिङबाट पानी तानेर ट्यांकीमा भण्डारण गरेर धाराबाट पानी दिने विकल्पका कुरा गरिए सुनिए पनि यी स्थायी समाधान नभएका वातावरण तथा जलवायु विज्ञको धारणा छ । पछिल्ला वर्षमा प्राकृतिक सम्पदा (पहाडी थुम्का, नदी किनार, नदी उकास र वनक्षेत्र) को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेपछि पानीका स्रोतका मुहान गहिरिँदै गएका सामाजिक संस्था रूपान्तरणमा कार्यरत जलवायु विज्ञ विराट पन्तको भनाइ छ ।  

प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ । यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दै छ । चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेगर्‍यान नदीमा थुपरिने गर्दा कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र शिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका पन्तले बताए । यसैगरी यसको प्रतिकूल प्रभाव जलाधार क्षेत्रमा पर्दा यस्ता क्षेत्र सुक्खा बगरमा परिणत हुँदैछन् ।

‘अब यो समस्याको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षरोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेग्रर्‍यान नदीमा नझर्ने व्यवस्था र ठाउँठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ’, पन्तले भने। पूर्वपश्चिम राजमार्ग माथि (उत्तर) को चुरे पहाडी क्षेत्रमा खनिने पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउँदै गएपछि इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने पन्तले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ३ : २५ बजे

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रिय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रिय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा

शेखरसँग देउवाले भने : गगनले मेरो स्वास्थ्यबारे समेत सोधेनन्, एक्लै अघि बढिसके, कुरा गर्न तयार छैनन्

काठमाडौं- नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र अर्का नेता डा.