किन्जललाई लिटिल मिस एन्जेलको उपाधि | Khabarhub Khabarhub

किन्जललाई लिटिल मिस एन्जेलको उपाधि


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कलश इभेन्टसले आयोजना गरेको ‘लिटिल मिस एन्जेल’को चौथौं संस्करणको उपाधि विजडम स्कुलमा अध्ययनरत किन्जल नेपालले जितेकी छिन् । उनले उपाधिसँगै २५ हजार रुपैयाँ र पुरस्कार पाइन् ।

त्यस्तै, एलिक्सर स्कुलमा अध्ययनरत सम्पदा महतो फस्ट रनर अप बन्दा युलेन्स स्कुलकी आध्या ढकालले सेकेण्ड रनर अपमा भइन् । दुवै विजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा सहभागी ३५ प्रतियोगी आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका पहिरनमा उपस्थित थिए ।

सांस्कृतिक संस्थानका महानिर्देशक अशोकप्यासी राईको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका निर्णयकमा युरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, प्याब्सन काठमाडौंका कार्यकारी सदस्य मोहना खनाल, न्यू जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जन, अभिनेत्री नम्रता सापकोटा तथा आईआईएफटीकी कार्यकारी निर्देशक विपना थापा थिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ४ : ३६ बजे

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता

म्याग्दी – म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक