किन्जललाई लिटिल मिस एन्जेलको उपाधि « Khabarhub

किन्जललाई लिटिल मिस एन्जेलको उपाधि


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कलश इभेन्टसले आयोजना गरेको ‘लिटिल मिस एन्जेल’को चौथौं संस्करणको उपाधि विजडम स्कुलमा अध्ययनरत किन्जल नेपालले जितेकी छिन् । उनले उपाधिसँगै २५ हजार रुपैयाँ र पुरस्कार पाइन् ।

त्यस्तै, एलिक्सर स्कुलमा अध्ययनरत सम्पदा महतो फस्ट रनर अप बन्दा युलेन्स स्कुलकी आध्या ढकालले सेकेण्ड रनर अपमा भइन् । दुवै विजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा सहभागी ३५ प्रतियोगी आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका पहिरनमा उपस्थित थिए ।

सांस्कृतिक संस्थानका महानिर्देशक अशोकप्यासी राईको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका निर्णयकमा युरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, प्याब्सन काठमाडौंका कार्यकारी सदस्य मोहना खनाल, न्यू जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जन, अभिनेत्री नम्रता सापकोटा तथा आईआईएफटीकी कार्यकारी निर्देशक विपना थापा थिए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ४ : ३६ बजे

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार सात अर्ब नाघ्यो

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको

ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ