गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदूरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ « Khabarhub

गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदूरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद तारा लामा तामाङले सरकारले ल्याएको बजेट दिशाहीन भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले सरकारले ल्याएको बजेटले खस्किँदै गएको अर्थतन्त्रलाई उकास्न सहयोग नपुग्ने धारणा राखेका हुन् ।

उनले बैठकमा बोल्दै भने ‘सरकारले ल्याएको बजेट किसान र श्रमजीवीलाई हेर्ने र समाजवादतिर जाने खालको छैन । यो बजेटबाट केही आशा गर्न सकिँदैन र यसमा समर्थन समेत जनाउन सकिँदैन । यो बजेट दुई सरकारले ल्याएकोजस्तो देखिएको छ ।’

सांसद तामाङले कैलालीको गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने धारणा राखे । राष्ट्रपतिले वाचन गरेको र प्रधानमन्त्रीले बोलेको विषयभन्दा फरक निर्णय हुँदा सुदूरपश्चिमेलीहरु आन्दोलित हुनुपरेको भन्दै उनले यसबारे सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

पाँच अर्बको लगानीमा सुरु भएको गेटामा विश्वविद्यालय बनाउन छाडेर एक सय शैयाको अस्पताल बनाउने षडयन्त्र भएको भन्दै उनले त्यसो नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

सांसद तामाङले कञ्चनपुरमा वर्षौँदेखि रहेको आरक्ष पीडितको समस्या समाधान गर्न समेत सरकारले ध्यान नदिएको र बजेटमा यसबारे कुनै विषय उल्लेख नभएको आरोप लगाए ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : ०५ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली