नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला « Khabarhub

नाला सफाइ गर्ने क्रममा ठूलो परिमाणमा बन्दुकको गोली फेला


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आज ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको चार राउण्ड, हर्नेटको १७ राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी कूल एक सय पाँच राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।

पोखरिया अस्पताललाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा

पर्साको पोखरिया नगरपालिका–४ पोखरिया बजारस्थित पोखरिया अस्पतालको स्तरोन्नति गरिने भएको छ । मधेस प्रदेश सरकार मातहत रहेको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने भएको हो । आगामी आर्थिक वर्ष २०८०र८१ का लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाइने उल्लेख छ ।

पोखरियामा रहेको पोखरिया अस्पतालको स्तरोन्नतिका लागि प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको पहलमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंहले सरकारको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नति गर्ने योजना समावेश गरेका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा पोखरिया अस्पतालसँगै सर्लाहीको बरहथवा अस्पताल, धनुषाको डुमरिया अस्पताल र सप्तरीको भारदह अस्पताललाई पनि ५० शय्यामा स्तरोन्नति गरिने उल्लेख छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  १० : २८ बजे

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम