अष्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु « Khabarhub

अष्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

साउथ वेल्स– अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

 १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन् । प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो । 

त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो। बसका चालकलाई अनिवार्य परीक्षण र मूल्यांकनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो । घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट ​​हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगियो, जसमा घाइतेहरूकाे न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ । 

 सेसनकका मेयर जय सुवलले बस दुर्घटनालाई ‘भयानक’ भनेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ३६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु