यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेलाई « Khabarhub

यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेलाई


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।  उरुग्वेको यो पहिलो यू–२० विश्वकप उपाधि हो ।

अर्जेन्टिनामा आज बिहान भएको फाइनल खेलमा इटलीलाई १–० गोलले हराउँदै उरुग्वेले उपाधि जितेको हो । 

उरुग्वेका लुसियानो रोड्रिगेजले एक गोल गरेका थिए । निकै रोचक र प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर खेलको ८६औँ मिनेटमा रोड्रिगेजले गोल गर्दै उरुग्वेलाई उपाधि दिलाए । 

उरुग्वे यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न पाएको थिएन । उरुग्वेको जितसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उपविजेतामा सीमित भएको छ ।

अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधि प्राप्त गर्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ । 

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ७ : १२ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ