सीके राउतको फिल्म घोषणा कार्यक्रममा पार्टीका कार्यकर्ताको लस्कर ! « Khabarhub

सीके राउतको फिल्म घोषणा कार्यक्रममा पार्टीका कार्यकर्ताको लस्कर !


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको जीवनीमा आधारित फिल्म ‘डा. सिके राउत’ निर्माण हुने भएको छ । बुधवार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिनुका साथै टिजर पनि प्रदर्शन गरियो ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको पनि उपस्थिति थियो । कार्यक्रममा सीके राउत निर्धारित समयभन्दा केही ढिलो आएका थिए । स्वागतका लागि उनका दलका कार्यकर्ताहरु घण्टौँदेखि हातमा माला समाएर कुरेर उभिएका थिए ।

सीके राउत फिल्मी शैलीमा कार्यक्रममा उपस्थित भएका थिए भने उनको स्वागतका लागि कार्यकर्ताहरु पूरै कार्यक्रमभर सक्रिय रहे । फिल्मको टिजर सार्वजनिकपछि कार्यक्रममा बोल्दै सीके राउतले मान्छे किन विद्रोहमा उत्रिन्छ भन्ने बुझ्न आम मानिसलाई यो फिल्म इतिहास बन्ने धारणा राखे ।

कार्यक्रम सकिएपछि पनि कार्यकर्ताले उनलाई साङ्लोले घेरेर बाहिर लगेका थिए भने उनको सुरक्षाका लागि प्रहरी तैनाथ थिए ।

डा. सीके राउतको जीवनमाथि यसअघि पनि दुईपटक फिल्म बन्ने कुरा भएको थियो । तर, सरकारले उनमाथि लगाएको प्रतिबन्धका कारण फिल्म पूर्ण हुन सकेको थिएन । अहिले भने सीके राउत मूलधारको राजनीतिमा आइसकेका छन् ।

उनको बायोपिक फिल्मलाई सन्तोष साहले निर्देशन गर्नेछन् भने सीके राउतको भूमिकामा साह परदेशीलाई देख्न सकिनेछ ।

तस्वीरहरु: आर्यन बिमली

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : ०६ बजे

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन