न्यूनचापीय रेखा दक्षिण सर्‍यो, ३-४ दिन भारी वर्षा नहुने | Khabarhub Khabarhub

न्यूनचापीय रेखा दक्षिण सर्‍यो, ३-४ दिन भारी वर्षा नहुने


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतर्फ सरेसँगै केही दिनका लागि भारी वर्षाको सम्भावना टरेको छ ।

न्यूनचापीय रेखा (वर्षा गराउने वायु) दक्षिण सरेकाले अबका तीन–चार दिन भारी तथा अविरल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।

उनका अनुसार यो अवस्थामा वर्षा नै नहुने भने होइन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने हुन्छ ।

अबका केही दिन निरन्तर र अति भारी वर्षाको सम्भावना कमै रहेको नगरकोटीले बताए। महाशाखाले आगामी तीन दिनको पूर्वानुमान जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही केही हल्कादेखिमध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबार देशैभरी आंशिक बदली रही देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैगरी महाशाखाले आगामी २४ घण्टामा देशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।

भारी वर्षाका कारणले गर्दा देशको पहाडी भू–भागमा पहिरो जानसक्ने तथा तराईमा बग्ने नदीमा जलको बहाव र स्तर हल्का बढ्नसक्ने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : १७ बजे

कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कूल गार्हस्थ वृद्धि

सहकारीमा मलाई चिथोर्न खोज्नेहरु जेलमा छन् : केशव बडाल

काठमाडौं – पूर्वमन्त्री केशव बडाल नेकपा एमालेका नेता हुन् ।

रास्वपाका नेता र सांसदविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २० सांसद र

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा

काठमाडौं – संयुक्त राज्य अमेरिकाका युवा मामिलासम्बन्धी विशेष दूत एबी

सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक–२०८१