नेपालगञ्जमा आगलागीका घटना बढ्दै « Khabarhub

नेपालगञ्जमा आगलागीका घटना बढ्दै


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा विभिन्न किसिमले हुने आगलागीका घटना बढ्दै गएका छन् । विसं २०७६ देखि २०७९ सम्ममा सल्केर भएको आगलागीबाट ६८, विद्युतीय झड्काबाट ९३, ग्यासबाट १८, अन्य आगलागीका घटनाबाट १० र अज्ञात कारणबाट ५१ घटना भएको नेपालगञ्ज उपमहानगरपालिकाको दमकल सेवा कार्यालयले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण, डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख हरिप्रसाद पाण्डेले विद्युतीय संरचनाले जमिनमा छुने वा एउटाले अर्को लाइनलाई छुँदा विद्युतीय घटना हुने बताए । विद्युतीय झटकाबाट हुने घटना न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको उनको भनाइ छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना सुपर प्रोजेक्टसम्बन्धी निजी क्षेत्रसँगको समन्वय कार्यशालामा पाण्डेले विद्युतीय दुर्घटनाका विभिन्न पक्षको जानकारी दिँदै सिँचाइबाट विद्युतीय दुर्घटना बढी भएको उल्लेख गरे ।

उनले भने, “विद्युतीय दुर्घटनाबाट जोगिन विद्युतीय उपकरणको प्रयोगमा चनाखो हुन आवश्यक छ ।” नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत एवं विपद् सम्पर्क व्यक्ति प्रकाश डिसीले विपद्का विभिन्न समस्यालाई सम्बोधन हुने गरी पूर्व तयारी गर्नुपर्ने बताए ।

उनले स्थानीय सरकारबाट विपद् पूर्व तयारीसम्बन्धी भएका गतिविधिका बारेमा जानकारी दिँदै भूकम्प, आगलागी, शीतलहर र लु जस्ता विपद्का समयमा सबैको सहकार्य आवश्यक पर्ने भन्दै समन्वय गर्दा घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

परियोजनाका नरेश निदालले विपदमा नागरिक सहभागिता आवश्यक भएको उल्लेख गर्दै अध्ययनले नेपालगञ्ज आगलागी र भूकम्पको जोखिम क्षेत्रका रूपमा देखाएको जानकारी दिए ।

“परियोजना नेपालगञ्ज उपमहानगरपालिका–३ र ७ मा सञ्चालन भइरहेको छ”, उनले भने । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उक्त ‘प्रोजेक्ट’ सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ५ : १८ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल