मालपोत कार्यालय बाराका खरिदार घुससहित पक्राउ « Khabarhub

मालपोत कार्यालय बाराका खरिदार घुससहित पक्राउ


२९ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला मालपोत कार्यालय बाराका खरिदार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र गौरीशङ्कर कुमार कुशवाहकमाथि घुस लिई भ्रष्टाचार आरोपमा पक्राउ गरि मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार जग्गा रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

१५ हजार बिगो कायम गरी उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ६ : २६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर