अमेरिकी डलरसहित एक जना पक्राउ « Khabarhub

अमेरिकी डलरसहित एक जना पक्राउ


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठामडौँ- लुकाइछिपाइ विदेश लैजान लागेको अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका प्रेमनोर्बु शेर्पा रहेका छन् ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार शेर्पाले थाइल्याण्ड जाने क्रममा ९ हजार ४ सय १३ अमेरिकी डलर बोकेका थिए ।

उनले झोलाको भित्री भागमा उक्त रकम लुकाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा लैजान लागेको डलरसहित दोलखा बिगु गाउँपालिका–७ का ३६ वर्षीय प्रेमनोर्बु शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर फेला पारेको प्रहरीले जनाएको छ ।

उनी दोलखामा पसल सञ्चालन गर्ने व्यापारी भएको अनुसन्धानमा खुलेको छ । थप अनुसनधानका लागि उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ७ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै